Sajhamanch Archive

अध्यक्षले दिए बुद्धशान्तिका दुई पत्रकारलाई पिपिई

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलबाट बुद्धशान्तिमा सक्रिय रुपमा पत्रकारिता गरिरहेका २ जना पत्रकारलाई पिपिई वितरण गरेका छन् ।

बुद्धशान्ति न्युज डटकमका सम्पादक रोसन भट्टराई र अनुसन्धान मडियाका संचालक विजय उप्रेतीलाई अध्यक्ष भुजेलले पिपिइ दिएका हुन् ।

पछिल्लो समय कोरोना भाइरसका कारण देशनै लकडाउन गरी सम्पूर्ण देशबासीहरुलाई घरमानै सुरक्षित भएर बस्नु भनेता पनि फ्रन्टलाइनमा उभिएर काम गर्ने पत्रकारहरु सुरक्षित हुनुपर्ने कुरामा जोड दिँदै मैले पिपिइ दिएको हुँ अध्यक्ष भुजेलले भने ।

गाउँपालिकाले गरेका विभिन्न सकारात्मक कार्यहरुलाई आफ्नो मिडियाबाट प्रस्तुत गरिरहँदा कामको उच्च मुल्याङ्कन गर्दै सुरक्षाका सामग्रीहरु अध्यक्ष भुजेलले दिएकोमा अनुसन्धान मिडियाका विजय उप्रेतीले खुशी व्यक्त गरेका छन् ।

त्यस्तै अन्य स्थानीय तहहरुले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई मात्र पिपिइ उपलब्ध गराइरहेकोे अवस्थामा संचारकर्मीको पनि महत्व बुझि आफूँहरुलाई पिपिइ दिएकोमा बुद्धशान्ति अनलाइनका सम्पादक भट्टराईले गाउँपालिका अध्यक्ष प्रति आभार प्रकट गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *