Sajhamanch Archive

फिफा वर्ष अवार्डका लागि १० उत्कृष्ट खेलाडीको नामावली

Published: in खेलकुद by .

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०१८ का लागि फुटबलको उत्कृष्ट वर्ष खेलाडी र उत्कृष्ट वर्ष प्रशिक्षकको अवार्डका लागि उत्कृष्ट १० को मनोनयन सूची सार्वजनिक गरेको छ ।

मंगलबार फिफाले पुरुष खेलाडी, महिला खेलाडी र पुरुष टोलीका प्रशिक्षक र महिला टोलीका प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । सेप्टेम्बर २४ मा लण्डनमा एक समारोहको आयोजना गरी दिइने उपाधिका लागि अन्तिम उत्कृष्ट ३ जनाको नाम सेप्टेम्बरको सुरुमा सार्वजनिक गरिने फिफाले जनाएको छ।

फिफा वर्ष खेलाडीको चयन फिफामा आवद्ध राष्ट्रका राष्ट्रिय टोलीका कप्तान, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक, फुटबल समर्थक र फिाका सदस्य राष्ट्र पत्रकारहरुले दिने मतका आधारमा गरिन्छ । त्यसका लागि भोटिङ खुल्ला भइसको फिफाले जानकारी दिएको छ ।

पुरुष तर्फ स्टार खेलाडी मेसी, रोनाल्डो पनि १० उत्कृष्ट मनोनयनमा परेका छन् । सबैभन्दा बढी २०१८ को विश्व विजेता फ्रान्सबाट ३ जना मनोनय परेका छन् । बेल्जियमबाट २ जना परेका छन् । ब्राजिलियन स्टार नेमार, उरुग्वेका स्टार सुवारेज भने सूचीमा अटाएका छैनन्

यी हुन पुरुषतर्फ वर्ष खेलाडी अवार्डका लागि मनोनय भएका १० उत्कृष्ट खेलाडी

क्रिस्टियानो रोनाल्डो स् पोर्चुगलरयुभेन्टस

लियोनल मेसी स् अर्जेन्टिनारबार्सिलोना

एन्टोनियो ग्रिजम्यान स् फ्रान्सरएथ्लेटिको मड्रिड

केभिन डे ब्रुएन स् बेल्जियमरम्यान्चेस्टर सिटी

हेरी केन स् इङ्ल्याण्डरटोटनह्याम

केलियन एम्बापे स् फ्रान्सरपीएसजी

इडेन हजार्ड स् बेल्जियमरचेल्सी

लुका मोड्रिक स् क्रोएसियाररियल मड्रिड

मोहमद सलाह स् इजिप्टरलिभरपुल

राफेल भराने स् फ्रान्सररियल मड्रिड
एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *