Sajhamanch Archive

दुई महिने शिशुसहित थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपालमा दुई महिने शिशुसहित थप १७ जना कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् ।

संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

पर्साको वीरगञ्जका थप १७ जनामा कोरोना पुष्टि भएको हो। देवकोटाले कोरोना पुष्टि भएकाहरुमा २ महिनादेखि ६६ वर्षकासमेत रहेको जानकारी दिएका छन्।

डा. देवकोटाका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट १० जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु सबैजना पर्सा जिल्लाका निवासी हुन् उनका अनुसार हालसम्म २२ जना कोरोना संक्रमित निको भएका छन्। पछिल्लो पटक विराटनगरबाट ६ जना भारतीय जमातीहरु निको भएर बुधबार डिस्चार्ज भएका छन्। डा। देवकोटाका अनुसार देशभर भेटिएका संक्रमितमध्ये ७१ जना पुरुष छन् भने २८ जना महिला रहेका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको जानकरी अनुसार हालसम्म प्रदेश १ मा ३१ जना कोरोना संक्रमित भेटिएका छन्। प्रदेश २ मा ३० संक्रमित ३० जना पुगेका छन्। त्यसैगरी बागमती प्रदेशमा ७ जना संक्रमित भेटिएका छन् भने गण्डकी प्रदेशमा संक्रमितको संख्या २ रहेको छ। त्यस्तै प्रदेश ५ मा संक्रमितको संख्या २४ रहेको छ। अहिलेसम्म कर्णाली प्रदेशमा एकजना पनि कोरोना संक्रमित नभेटिँदा सुदूरपश्‍चिम प्रदेशमा संक्रमतिको संख्या ५ रहकेो छ। प्रवक्ता डा। देवकोटाका अनुसार डिस्चार्ज भएर गएका रौतहटका एक युवक र भारतीय जमातीमा कोरोना देखिएपछि पुनः अस्पताल भर्ना भएका छ्न। त्यस्तै काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटिक अपार्टमेन्टका ५८ वर्षीय पुरुषमा पनि कोरोना दोहोरिएपछि उपचारका लागि पुनस् पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *