Sajhamanch Archive

‘एकका लागि एक’ अभियानका लागि वीरता जेसीजको ५० हजार

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपाने झापाले विभिन्न संघ संस्थाकोे सहयोगमा शुरु गरेको ‘एकका लागि एक’ अभियानलाई वीरता जेसीजले ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनका कारण भोकभोकै रहनुपर्ने अवस्थामा रहेका विपन्न, गरीव तथा असहाय परिवारलाई सहयोग गर्न झापामा शुरु गरिएको एक परिवारले अर्को एक विपन्न परिवारलाई सहयोग गर्ने अभियान अन्तर्गत वीरता जेसीजले उक्त रकमको चेक अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई हस्तान्तरण गरेको हो ।

वीरता जेसीजका अध्यक्ष मिजास पोखरेल , महासचिव विकास वस्नेत , कोषाध्यक्ष प्रकास सुवेदी , सहकोषाध्यक्ष सञ्जीव घिमिरे अवार्ड संयोजक दिवाकरलाल चौधरी लगायतले उक्त चेक अभियानका संयोजक गिरीलाई हस्तान्तरण गरेको सञ्चार संयोजक तुलसीप्रसाद निरौलाले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले जारी गरेको लकडाउनका कारण कोहीपनि भोकभोकै वस्नु नपरोस् भन्ने उद्धेश्यले एक परिवारले अर्को एक विपन्न परिवारलाई सहयोग गर्न झापामा शुरु गरिएको ‘एकका लागि एक’ अभियानमा वीरता जेसीजले सहभागिता जनाएको अध्यक्ष मिजास पोखरेलले वताए । जेसीजको आस्था मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएकोले आफूहरुको सामाजिक उत्तरदायित्व समेत भएकाले उक्त रकम सहयोग गरेको उनले वताए ।
त्यस्तै अभियानका संयोजक गिरीले एक विपन्न परिवारका लागि दुई हजार रुपैयाँको खाद्य सामग्रीको प्याकेज बनाइएको र स्थानीय सरकारको समन्वयमा अति विपन्नको पहिचान तथा राहत वितरण शुरु गरिएको जानकारी दिए ।

अभियानको लक्ष्य एक हजार परिवारलाई राहत पु¥याउने भएपनि सहयोगी हातहरुले स्वतःस्फूर्त रुपमा सहयोग रकम जम्मा गर्ने क्रम बढेपछि अभियान अन्तर्गत ४० लाख रुपैयाँ संकलन गरी दुई हजार परिवारलाई राहत वितरण गरिने उनले वताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *