Sajhamanch Archive

जथाभावी शिक्षण संस्था खुल्दा प्रमाणपत्रले पीडा दिन्छ : प्रधानमन्त्री

Published: in राष्ट्रिय समाचार by .

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई अगाडि बढाउने विषयमा सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौं सभा बैठकको बुधबार उद्घाटन गर्दै उनले जनशक्तिको आवश्यकता हेरेर शिक्षण संस्था खोल्नुपर्ने बताए ।

अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाण पत्र व्यक्तिको लागि गौरव भन्दा पनि पिडाको बिषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘चाहिएको छ कृषि विज्ञ, प्रमाण पत्र छ अरु नै बिषयको । यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘अनि प्रमाण पत्र पाउँदाको उत्साह केही दिनमै पीडामा बदलिन्छ ।’

सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिस गर्ने उनले बताए ।

नेपाललाई गरिब बनाएर खान, लाउनबाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पुर्‍याएको प्रधानमन्त्री ओलीले बताए ।

‘तर अब त्यो अवस्था बाँकी रहेन’ उनले भने ‘अब नेपालीहरु खान र लाउनबाट माथि उठेर अन्य आवश्यकताको गुणस्तरीय परिपूर्तिमा लाग्न सक्ने अवस्थामा पुगेका छन् ।’

अनलाइनखबर 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *