Sajhamanch Archive

अमेरिकामा ८० हजार भन्दा धेरैको ज्यान गयो, झण्डै साढे १४ लाख संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । अमेरिकामा कोरोना भाइरस कोभिड–१९बाट ज्यन गुमाउनेको संख्या ८० हजार नाघेको छ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ८० हजार ३० जनाको ज्यान गएको छ। २४ घण्टामा एक हजार चार सय २१ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्।

अमेरिकामा १२ लाख ४७ हजार १ सय २५जनामा संक्रमण देखिएको छ। त्यहाँ २ लाखय ३७ हजार भन्दा बढी निको भएका छन्। त्यस्तै बेलायतमा ३१ हजार ५ सय ८७ जनाको ज्यान गएको छ। बेलायतमा २ लाख १५ हजार २ सय ६० जनामा संक्रमण भेटिएको छ। बेलायत पछि इटालीमा धेरै ३० हजार ३ सय ९५ जनाको मृत्यु भएको छ।

इटालीमा २ लाख १८ हजार २ सय ६८ जनामा संक्रमण भेटिएको छ। स्पेनमा २ लाख ६२ हजार ७ सय ८३ जनामा संक्रमण भेटिएको छ। त्यहाँ २६ हजार ४ सय ७८ जनाको ज्यान गएको छ। रुसमा विगत ७ दिनयता तीब्र रुपमा फैलिएको संक्रमणका कारण दैनिक करिब ११ जनामा संक्रमण देखिएको छ। रुसमा संक्रमितको संख्या १ लाख ९८ हजार ६ सय ७६ पुगेको छ। त्यहाँ १८ सय २७ जनाले ज्यान गुमाएका छन्।

फ्रान्समा २६ हजार ३ सय १० को मृत्यु हुँदा १ लाख ७६ हजार ६ सय ५८ मा संक्रमण छ। जर्मनीमा १ लाख ७१ हजार भन्दा बढीमा संक्रमण भेटिएको छ भने त्यहाँ ७ हजार ५ सय ५९ जनाले ज्यान गुमाएका छन्। त्यस्तै ब्राजिलमा पनि मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। ब्राजिलमा १० हजार ६ सय ५६ जनामा संक्रमण भेटिएको छ भने १ लाख ५६ हजार ६१ जनामा संक्रमण छ। टर्कीमा १ लाख ३७ हजारमा संक्रमण छभने ३ हजार ७ सय ३९ जना संक्रमित भेटिएका छन्। इरानमा ६ हजार ५ सय ८९ जनाले ज्यान गुमाइसकेका छन्।

त्यहाँ १ लाख ६ हजार २ सय २० जनामा संक्रमण भेटिएको छ। चीनमा ८२ हजार ८ सय ८७ जनामा संक्रमण छ। त्यस्तै त्यहाँ ७८ हजार ४६ निको भइसकेका छन्। भारतमा संक्रमितको संख्या ६२ हजार ८ सय ८ छ। त्यहाँ २ हजार १ सय १ जनाको ज्यान गएको छ। विश्वमा ४० लाख ९८ हजार ९२ जनामा संक्रमण भेटिएको छ भने २ लाख ८० हजार २ सय २३ जनाको ज्यान गएको छ। विश्वभर निको हुनेको संख्या १४ लाख ३५ हजार ३ सय ११ छ। विश्वमा ४७ हजार ६ सय ९० जनाको अवस्था गम्भीर छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *