Sajhamanch Archive

सरकारले ल्यायाे कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइन अध्ययन सामग्री

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाण्डौं । लकडाउनकाे समयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइन मै अध्ययनका लागि सिकाई सामग्री उपलब्ध गराएको छ ।

डेढ महिना भन्दा लामाे लकडाउनका कारण विद्यालय गएर अध्यान गर्न नसकिरहेकाे बेलामा विद्यार्थीहरूका लागि अनलाइन अध्ययन सामग्रीको रुपमा सिकाई चौतारी सञ्चालनमा ल्याएको हो ।

विभिन्न भिडियो सामग्री, पुस्तक, खेल सामग्री लगायतका विषयवस्तुहरु समावेश गरिएकाे सिकाई चौतारीमा तीन तहका कथाका साथै अभ्यास पुस्तिका समेत रहेकाे छ ।

http://learning.cehrd.gov.np/मा लगइन गरिसकेपछि अंग्रजी र नेपाली दुबै माध्यमबाट अध्यायन गर्न सकिने सिकाई चौतारीमा विद्यार्थीहरूले कक्षा छनाैट गर्नुपर्ने हुन्छ ।   सिकाई चौतारी विभिन्न कक्षाका विद्यार्थीहरूले कक्षा गत विषयहरू फेला पार्ने छन् । विद्यार्थीहरूले उपलव्ध बिषयहरू मध्याेबाट आफूले राेजेकाे बिषय अध्यायन गर्न सक्ने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *