Sajhamanch Archive

दूध र दुग्धजन्य वस्तुको खपतमा कमी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौ । लकडाउनका कारण दूध र दुग्धजन्य वस्तुको खपतमा कमी आएको छ ।

दही, पनीर, चिज र मिठाइहरुको खपत नहुँदा दुग्ध पदार्थ बिक्री वितरणमा असर देखिएको छ । सामान्य अवस्थामा दैनिक ९० हजार लिटर दूध खपत हुँदै आएकोमा अहिले ७५ हजार लिटर मात्रै खपत हुँदै आएको दुग्ध विकास संस्थान डिडिसीले जनाएको छ ।

समग्रमा दुग्धजन्य वस्तुको खपत २९ प्रतिशतले घटेको छ । किसानबाट नियमित रुपमा दूध संकलन गरिएको तर खपत कमि भएको संस्थानका महानिर्देशक रुद्रप्रसाद पौडेलले बताए । दूधको खपतमा कमी आउँदा समयमा किसानलाई भुक्तानीको गर्न पनि समस्या भएको उनको भनाई छ ।

कोल्ड स्टोर भरी हुँदा संस्थानलाई बटर राख्न समेत समस्या भएको छ । यसैबीच अरु बेला २३ लाख बराबरको बिक्री हुँदै आएकोमा सोमबार २० लाख बराबरको दुग्धजन्य वस्तु खपतमा कमी आएको डिडिसीले जनाएको छ ।

सरकारले आइतबारदेखि टाइमकार्ड लागू गरेपछि दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा समस्या भएको डिडिसीका महानिर्देशक पौडेलले जानकारी दिए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *