Sajhamanch Archive

कोरोना अस्पतालमा आगलागी, ५ जनाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । रुसको सेन्ट पिटर्सवर्ग शहरमा रहेको एक कोरोना भाइरस (कोभिड–१९) अस्पतालमा आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।

रुसको आपतकालीन मन्त्रालयले आईसीयू कक्षमा उपचार गराइरहेका कोरोना संक्रमित ५ जनाको मृत्यु भएको जनाएको छ ।

अहिलेसम्म १ सय ५० मानिसलाई अस्पतालबाट सुरक्षित रूपमा निकालिएको छ । अस्पतालभित्र कति बिरामी छन् भन्ने खुलेको छैन ।

आगलागीको ठोस कारण पत्ता लागेको छैन । ‘ओभरलोड’लाई पनि आगलागीको कारण ठानिएको छ । रुसको समाचार एजेन्सीले भने भेन्टिलेटरमा भएको सर्टसर्किटको कारण आगलागी भएको जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *