Sajhamanch Archive

फेरी भेटियो १७ जनामा कोरोना, संक्रमितको संख्या २०८ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । आज (मंगलबार) फेरि थप १७ जनामा कोरोना संक्रमण फेला परेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा आज (मंगलबार) थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

यसअघि आजै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज दुई पटक भेटिएका संक्रमितसहित नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आजै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना थपिएका थिए । थपिएका संक्रमित सबै पुरुष रहेको र उनीहरुको उपचारको सुरु गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। बिकास देवकोटाले बताएका थिए । संक्रमित मध्ये चार जना वीरजंगका पत्रकार समेत रहेको खुलेको छ ।

अहिले सम्म १८ हजार ९ सय ६४ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ भने ५९ हजार ६ सय २७ जनाको र्यापिड बिधिबाट परिक्षण गरिएको छ । हाल २१ हजार ७८५ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । आइशोलेशनमा २२८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *