Sajhamanch Archive

लकडाउनमा थप कडाइः अब एक जिल्लाबाट अर्को जिल्ला जान प्रतिबन्ध, सबै पास रद्द

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । गृह मन्त्रालयले यस अघि जारी गरेका सबै सवारी पास रद्द गरेको छ ।

नेपालमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या तिब्र रुपमा बढ्न थालेपछि गृह मन्त्रालयले जिल्लाबाट अर्को जिल्लामा जाने र यस अघि दिएका सबै सवारी पास रद्द गरेको जनाएको छ ।

गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीका अनुसार बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।’ उपत्यकाको तीन जिल्लाको हकमा भने एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने प्रावधान लागू नहुने उनले बताए ।

अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *