Sajhamanch Archive

देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौ । आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिममा प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार यही प्रणालीको असरले अहिले पश्चिमका केही ठाउँमा पानी परिरहेको छ ।

यस्तै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पूर्वका केही ठाउँको मौसम पनि आशिंक बदली भएको छ । अरु ठाउँको मौसम भने अहिले सफा नै छ । तर पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले केही घण्टापछि काठमाण्डौसहित मध्य क्षेत्रका थोरै र पूर्वका केही ठाउँमा पनि पानी पर्ने मौसमविद् श्रेष्ठको भनाइ छ ।

उनका अनुसार आज मध्यक्षेत्रको तुलनामा पूर्व र पश्चिममा धेरै पानी पर्नेछ । प्रि(मनसुन चलिरहेकाले मेघगर्जन, चट्याङ, हावाहुरी र कतै असिना पनि पर्नसक्ने उनले जानकारी दिए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *