Sajhamanch Archive

धनुषाका थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

धनुषा । धनुषामा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका मिथिला नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् ।

हिजो (मंगलबार) जनकपुुर उपमहानगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती संक्रमितमा एक जना पत्रकार र एक जना पुस्तक व्यवसायी रहेको जनाइएको छ ।

प्रदेश–२ मा कोरोना संक्रमणको हटस्पट बनेको छ । प्रदेश–२ का पर्सा, बारा, धनुषा, रौतहट, महोत्तरी, सप्तरी र सर्लाहीमा कोरोना संक्रमित फेला परिसकेका छन् ।

धनुषामा थप दुई जना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । यस्तै ३४ जना निको भएर घर फर्किएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *