Sajhamanch Archive

मन्त्री, सांसद र नेताले कोरोना सारे : सांसद विडारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले मन्त्री, सांसद र नेताले कोरोना सारेको आरोप लगाएका छन् ।

सांसद विडारीले राहत बाँड्ने नाममा गाउँ–गाउँमा मान्छे जम्मा गरेर मन्त्री सांसद र नेताहरुले सांसदहरुले कोरोना संक्रमण फैलाएको आरोप लगाएका हुन् ।

राहतका कार्यक्रम स्थानीय तहबाट व्यवस्थित रुपमा वितरण हुनुपर्ने भएपनि कसैले नपाएजस्तो गरी नेताहरु गएर कोरोना संक्रमण फैलाएको अरोप उनले लगाए । राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै विडारीले भने, ‘नेता हुँ भनेर राहत बाँडन ट्रयाक सुट टाई लाएर गाउँगाउँमा गएर मान्छे जम्मा पारेर कोरोना कोरोना संक्रमित गराउने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे ।

मन्त्री, सांसद र नेताहरुले कसैले नपाएको जस्तो गरी राहत बाँडे अरे । राहत भूकम्पको बेलामा बाँडने हो । राहत बाढी पीडित भएको बेलामा बाँडने हो । अहिलेको राहत लोकल सरकारले बाँडने अरुले बाँड्ने होइन् । लोकल सरकारको पनि वडा अध्यक्षले बाँडने हो । वडा अध्यक्षले पनि होइन वडा सदस्यले बाँड्ने हो ।’

राहत वितरणको आधार के हुने ? कुन व्यक्तिलाई राहत दिने ? भन्ने कुरा कानून बनाएर लागू गर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए । अहिलेको अवस्थामा स्थानीय तहमा उत्पादन भएका तरकारी, दुध र अण्डा सरकारले किनेर जनताको घरमा पु¥याउनुको सट्टा गफ गरेर नहुने उनले बताए । त्यसका लागि कानून निर्माण आवश्यक रहेको उनले बताए ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *