Sajhamanch Archive

नारायणी अस्पतालबाट दुई कोरोना संक्रमित भागे, खोजी हुँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमित बिरामी भागेका छन् ।

अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जना कोरोना संक्रमित भागेपछि उनीहरुको खोजी कार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पतालबाट दुई जना संक्रमित भागेको खबर आएको र आफू पनि त्यसतर्फ जान लागेको पर्साका प्रहरी प्रमुख गंगा पन्तले बताएका छन् ।

भागेका दुईजनामध्ये एकजना अस्पतालका कर्माचारीको सम्पर्कमा आइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेड मदनकुमार उपाध्यायले जानकारी दिए । अर्का एक जनाको खोजी कार्य भइरहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *