Sajhamanch Archive

१ सय १३ वर्षीया वृद्धासहित विश्वभर १६ लाख ५७ हजारभन्दा बढी कोरोना सङ्क्रमित उपचारपछि घर फर्किए

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाण्डौ । विश्वमा १६ लाख ५७ हजारभन्दा धेरै कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् ।

अहिलेसम्म १६ लाख ५७ हजार भन्दा बढी उपचारपछि निको भएका हुन् । कोरोनाका कारण विश्वमा ४४ लाख २८ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये २ लाख ९८ हजार ८३ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ज्यान गुमाउनेको संख्या ८५ हजार नाघेको छ ।

अमेरिकामा सङ्क्रमितको संख्या १४ लाख ३० हजार पुगेको छ । अमेरिका पछि युरोपेली देश स्पेनमा सङ्क्रमण धेरै छ । स्पेनमा अहिलेसम्म २ लाख ७१ हजार भन्दा धेरैसङ्क्रमित छन् । स्पेनमा २७ हजार १ सयको ज्यान गएको छ ।

स्पेनमा सबैभन्दा वृद्ध ठानिएकी १ सय १३ वर्षकी ब्रानयास सङ्क्रमणबाट निको भएकी छिन् । ब्रानयासले आफूलाई केयर होमका कर्मचारीले निकै माया गरेको र आत्मबलले निको भएको बताइन । वर्ल्डओमिटरका अनुसार रुसमा २ लाख ४२ हजार सङ्क्रमित छन् भने २ हजार २ सय १२ जनाको ज्यान गएको छ ।

यस्तै भारतमा सङ्क्रमित हुनेको संख्या ७८ हजार नाघेको छ । भारतमा २५ सय ५१ जनाले ज्यान गुमाएका छन् ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *