Sajhamanch Archive

शुक्रराज ट्रपिकलमा कोरोना परीक्षण गराउनेको भिड बढ्यो

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन दिनयता कोरोना परीक्षण गराउन आउनेको संख्या बढेको छ।

बुधबार मात्रै पाँचसयको हाराहारीमा कोराना परीक्षण गराइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। बुधबार ५ सयभन्दा बढी कोरोना परीक्षणका लागि स्वाब दिन आएको अस्तपालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए। आज बिहानैदेखि परीक्षण गर्न आउनेको संख्या बढिरहेको छ । राजभण्डारीले भने, दिनभरमा यही अनुसार जाने हो भने ६ सयभन्दा बढी हुन्छ।

उनका अनुसार ३ सयभन्दा बढीको स्वाब संकलन गरिसकिएको छ। दुई चार दिनयता परीक्षण गर्नेको संख्या ह्वातै को संख्बढेको राजभण्डारीले बताए। संक्रमितहरु भेटिएको जिल्ला हुँदै आउने व्यक्तिको संख्या बढेकोले शंका लागेर परीक्षण गर्न आउने बढेको उनले बताए। उनले भने,काठमाडौं उपत्यकामा मंगलबार तीनजनामा कोरोना देखिएपछि उपत्यका बाहिरबाट आउने र संक्रमितसँग घुलमिल भएकाहरु परीक्षण गर्न आउने क्रम ह्‍वात्तै बढैको छ।

बाहिरी जिल्लाका अस्पतालमा काम गर्ने कर्मचारीहरु बढी मात्रामा परीक्षण गर्न आइरहेको उनले जानकारी दिए। त्रिवि शिक्षण अस्पतालमा पनि संक्रमित देखिएकोले अझ बढी परीक्षण गर्न आउनेको चाप बढ्ने उनले बताए। काठमाडौंका मिडिया हाउसमा काम गर्ने पत्रकारसमेत परीक्षणको लागि आउन थालिसकेको उनले जानकारी दिए। ुघरभाडामा बस्नेहरु पनि परीक्षणको लागि आउन थालेका छन, उनले भने,ुघरधनीको दबाबमा परीक्षण गर्न आइरहेका छन्। अदालतका कर्मचारीहरु पनि आउन थालेका छन्। कैदीबन्दीहरुको परीक्षण गरिएको छ।

थाह खबरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *