Sajhamanch Archive

विद्युत सर्ट हुँदा विर्तामोडमा एक घर जल्यो

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा आज आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

विद्युत् सर्ट भए आगलागी हुँदा बिर्तामोड–१ का देवेन्द्र भुजेलको घर रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । विद्युत सर्ट भएर घरमा आगलागी भएसंगै सिलिन्डर पड्किएको स्थानीयबासीको भनाइ छ । जसका कारण आगो थप दन्किएको हो ।

आगो स्थानीयबासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ । क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *