Sajhamanch Archive

साढे २२ हजार पीसीआर परीक्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस संक्रमण परीक्षणका लागि नेपालमा पीसीआर विधिबाट अहिलेसम्म साढे २२ हजार वटा नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६३ सहित अहिलेसम्म २२ हजार ६ सय ६४ वटा पीसीआर परीक्षण भएका छन् । सरकारले परीक्षणको दायरा बढाउँदै लगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

आज नेपालमा तीन जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा काठमाडौंका ३२ वर्षका पुरुष र कपिलवस्तुका ६ वर्षकी बालिकामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भरतपुर अस्पतालमा भएको परीक्षणमा नवलपरासीपूर्वका ४९ वर्षका पुरुषमा संक्रमण पोजेटिभ देखिएको हो ।

नेपालमा अहिलेसम्म १ सय ९८ पुरुष र ४८ महिला गरी नेपालमा २ सय ४६ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *