Sajhamanch Archive

रसुवा पहिरो अपडेट : चारको मृत्यु ११ बेपत्ता

Published: (Updated: ) in समाज by .

काठमाडौं ।रसुवामा पहिरोमा परि चार जनाको ज्यान गएको छ। अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा ११ जना सम्पकविहीन भएका छन्।

रसुवा प्रहरीका अनुसार टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा होटल पुरिँदा अहिलेसम्म ४ जनाको ज्यान गएको र ११ जना सम्पर्कविहिन भएका हुन्। पहिरोमा ज्यान गुमाएका र हराइरहेकाहरूको पहिचना खुलेको छैन।

अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न कठिनाई भइरहेको रसुवा प्रहरी कार्यालयका हवल्दार प्रेम भुजेले जानकारी दिए। घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *