Sajhamanch Archive

भाँडियो सरकार र डा.केसीको वार्ता यस्तो छ कारण

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीचको वार्ता कांग्रेस र विवेकशील साझा पार्टीले भाँडेका छन् ।

मंगलबार केसी र सरकार पक्षबीच ७ बुँदे सहमति भएको थियो । वार्तापछि कांग्रेस नेता गगन थापा, विवेकशील साझाका सुरेन्द्र भण्डारी र ओम अर्यालको होटेल क्रिष्टल थापाथलीमा बैठक बस्यो । सरकारसँग भएको सहमति नमान्ने निश्कर्ष उनीहरूले मंगलबार निकालेका थिए ।

बुधबारको वार्तामा डा.केसीका तर्फबाट आएका जीवन क्षत्री र अभिषेक सिंह लचिलो रुपमा प्रस्तुत भएका थिए । तर, विवेकशील साझा पार्टीका ओम अर्याल र सुरेन्द्र भण्डारीले भने मंगलबारको सहमति कार्यान्वयन गर्ने प्रक्रियाका विषयमा विवाद झिके ।

सरकारका तर्फबाट ७ बुँदे सहमति अनुरुप संसदमा सरकारले प्रस्तुत गरेको विधेयक संसदमा गइसकेकाले सहमति अनुरुपको संशोधन गर्न लचकता प्रस्तुत गरिएको थियो ।

विधेयकमाथि संशोधन गर्ने क्रममा संशोधन प्रस्तावमार्फत डा.केसीका मागअघि बढाउन साझा विवेकशीलका प्रतिनिधिहरू सहमत भएनन् ।

संसदको प्रक्रिया जेसुकै भए पनि सरकारले अहिले नै संसदले पास गर्ने दस्तावेजमा सहि गर्नु पर्ने जिद्दी गरेका थिए । संसदलाई पनि डिक्टेट गर्नु पर्ने प्रस्ताव साझा विवेकशीलका तर्फबाट आएपछि वार्ता भाँडिएको स्रोतले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *