Sajhamanch Archive

होटलमा मजदुरबीच आपसी झगडा हुँदा एकजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

धनकुटा । धनकुटाको भेडेटारनजिक एक होटलमा होटल मजदुरबीच भएको झगडामा एक मजदुरको मृत्यु भएको छ।

साँगुरीगढी गाउँपालिका- ६ मा रहेको होटल माउण्ट एभरेस्‍टमा कार्यरत २ मजदुरबीच झगडा हुँदा सोही ठाउँका वर्ष १८ का सुरज राईको मृत्यु भएको हो। कामदार मात्र भएको अवस्थामा आपसी विवाद हुँदा सुनसरी चक्करघटीका करिब वर्ष १९ का निशान लिम्बूले गरेको धारिलो हतियारको प्रहारबाट राईको ज्यान गएको भेडेटार प्रहरीले जानकारी दिएको छ।

टाउकोमा गम्भीर चोट लागेका राईको घटनास्थलमा नै मृत्यु भएको भेडेटार प्रहरीका प्रहरी नायव निरीक्षक (सई) मेमबहादुर बस्नेतले जानकारी दिए। बिहीबार बिहान करिब ९ बजेतिर भएको उक्त घटनामा दोषी लिम्बूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बस्नेतले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *