Sajhamanch Archive

काठमाडौंका सरसफाइ गर्ने ३१ जनाको कोरोना एन्टीबडी पोजेटिभ

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । काठमाडौंका सफाइ कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकामा आज कोरोना संक्रमण परीक्षण गरिएको छ ।

काठमाडौं महानरपालिकाको वातावरण व्यवस्थापन विभाग मातहत कार्यरत ९३४ जना कर्मचारीमध्ये ६६४ जनाको आरडीटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) र २६८ जनाको पीसीआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट कोरोना भाइरस परीक्षण गरिएको हो।

आरडीटी परीक्षण गरिएकामध्ये ३ जना महिला स्वास्थ्य स्वयंसेविकासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनाको कोरोना एन्टीबडी पोजेटिभ देखिएको महानगरपालिकाले जनाएको छ । आरडीटी परीक्षणमा पोजेटिभ नतिजा देखिएका कर्मचारीको पीसीआर परीक्षण गरिसकिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

सफाइ कर्मचारीमध्ये बढी उमेरका, दीर्घ रोगको औषधि खाइरहेका र कमजोर स्वास्थ्य अवस्था भएकाहरुको पीसीआर विधिबाट परीक्षण गरिएको थियो भने अन्य कर्मचारीको आरडीटी विधिबाट परीक्षण गरिएको थियो ।

आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएकालाई टेकुस्थित वातावरण व्यवस्थापन विभागको भवनमा क्वारेन्टाइनमा राखिएको विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *