Sajhamanch Archive

वाइडबडी विमान पनि भित्रियो, मकालु राखियो नाम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं ।नेपाल वायु सेना निगमले दोस्रो वाइडबडी विमान पनि भित्र्याएको छ। ए ३३०-२०० सिरिजको विमान बिहीबार बिहान करिब सवा नौ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो।

‘मकालु’ नाम दिइएको सो नयाँ विमानलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल वायु सेवा निगमका कर्मचारीहरूले स्वागत गरेका थिए। विमानलाई स्वागत गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नयाँ विमानसहितका २ वटा वाइडबडी विमानले तत्काल जापान, दक्षिण कोरिया र साउदी अरेबियाको उडान भर्ने योजना सार्वजनिक गरे।

उनले सरकारले ५ वर्षभित्र १० वटा वाइडबडी विमान भित्र्याएर युरोपियन मुलुकहरूमा पनि उडान भर्ने लक्ष्य लिएको पनि स्मरण गराए। पर्यटकहरूको आगमनलाई सहज बनाउन सरकारले विमान खरिदको कामलाई अघि उच्च प्राथमिकताका साथ अघि बढाएको हो। आज भित्र्याइएको वाइडबडी नयाँ विमान निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग खरिद गरिएको र विमानको खरिद मूल्य २१ अरब ९० करोड रुपैयाँ रहेको पनि निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंशाकारले जानकारी दिए।

यसअघि गत असार १४ गते पनि निगमले पहिलो वाइडबडी विमान भित्र्याएको थियो। दुवै वाइडबडी विमानको सिट क्षमता २ सय ७४ रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *