Sajhamanch Archive

उदयपुरका एक पत्रकारलाई पनि कोरोना

Published: in राष्ट्रिय समाचार by .

काठमाण्डौ । शुक्रबार बेलुका थपिएका ९ जना संक्रमितमध्ये एकजना उदयपुरका पत्रकार रहेको खुलेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मोहन सुवेदीले संक्रमित २५ वर्षीय युवक पत्रकार रहेको पुष्टि गरे। उनले संक्रमितलाई अस्पताल लैजाने बारे भोलि छलफल गरेर टुंगो गरिने बताए।

स्थायी घर ताप्लि गाउँपालिका रहेका उनी सदरमुकाम गाईघाटमा बस्दै आएका छन्। संक्रमितबारे थप विवरण लिने काम भइरहेको डा। सुवेदीले जनाए।

गत बुधबार उदयपुरका २७ जना पत्रकारको कोरोना परीक्षण गर्नलाई स्वाब लिइएको थियो।

यसअघि उदयपुरकै भुल्केमा ३२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। नेपालमा सुरुमा एकैचोटी १२ संक्रमित देखिएकाले सो ठाउँलाई हटस्पट मानिएको थियो। सो ठाउँ गाईघाटबाट ३ किलोमिटर दूरीमा छ।

यसअघि वीरगन्जमा पनि दुईजना पत्रकारमा कोरोना संक्रमण देखिएको थियो। शुक्रबार एकैदिन १८ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौं सतुंगलका ७ र पर्साका ९ र १० वर्षीय बालक छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *