Sajhamanch Archive

चीनमा भन्दा भारतमा कोरोना सङ्क्रमितको संख्या धेरै

Published: (Updated: ) in विश्व समाचार, समाज by .

एजेन्सी । कोरोना भाइसको उद्गमस्थलमा मानिएको चीनमा सङ्क्रमण विस्तारै कम हुँदै गएको छ तर छिमेकी देश भारतमा सङ्क्रमण दिनहुँ बढ्दै छ ।

पछिल्लो तथ्याङ्क हेर्दा चीनमा भन्दा भारतमा सङ्क्रमितको संख्या धेरै छ । भारतमा अहिलेसम्म ८५ हजार ७ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने त्यहाँ ३० हजार २ सय ५८ जना उपचार पछि निको भएका छन् । यस्तै, २७ सय जना भन्दा धेरैको ज्यान गएको छ ।

चीनमा भारतको भन्दा सङ्क्रमण दर कम छ । अहिलेसम्म चीनमा ८२ हजार ९ सय ४१ जना सङ्क्रमित छन् । चीनमा ७८ हजार भन्दा धेरै सङ्क्रमित उपचार पछि निको भएका छन् भने ४ हजार ६ सय ३३ जनाको ज्यान गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *