Sajhamanch Archive

कोरोनाका ९ संक्रमित थपिए, यो सँगै संक्रमितको संख्या २७६ पुग्यो

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । शनिबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको होे।

यससँगै कपिलवस्तुको शिवराज नगरपालिका, चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन्। यसअघि बर्दिया नार्खु –११ की २८ वर्षीया महिला, सिराहा, सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *