Sajhamanch Archive

लाखौं मूल्यका धनमाल चोरी, ६ जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । राजधानीको तीनथानास्थित एक घरबाट लाखौं रुपैयाँबराबरको धनमाल चोरी भएको छ ।

स्थानीय राजेश मानन्धरको घरबाट १७ लाख ६१ हजार मूल्यबराबरको धनमाल चोरी भएको हो । चोरीमा संलग्नको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरीवृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरिएको छ । पक्राउपर्नेमा उदयपुरका आकाश मगर, अञ्जना मगर, कीर्तिपुरका सौरभ महर्जन, अभिषेक महर्जन र धादिङका विमला तामाङ र कविता मगर रहेका छन् ।

पक्राउ परेकामध्ये अञ्जना मगर, अभिषेक महर्जन र कविता मगरलाई चन्द्रागिरि नगरपालिका वडा नं.१५ तिनथानाबाट, विमला तामाङलाई इलाका प्रहरी कार्यालय गजुरीको समन्वयमा धादिङ किरानचोकबाट तथा सौरभ महर्जन र आकाश मगरलाई कीर्तिपुर नगरपालिका वडा नं.३ चिहानघाटबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *