Sajhamanch Archive

खेलकुद फिफाले घोषणा गर्‍यो गोल अफ द टुर्नामेन्ट

Published: (Updated: ) in खेलकुद by .

विश्वकप आयोजनापछि फिफाले विश्वकपमा भएको सर्वाधिक उत्कृष्ट गोलको घोषणा गरेको छ। फिफाले फ्रान्सका डिफेन्डर बेन्जामिन पाभार्डले अर्जेन्टिनाविरुद्ध गरेको  गोल रुस विश्वकप फुटबलकै उत्कृष्ट गोल भएको घोषणा गरेको हो।

कोलम्बियाका जुवान क्विनटेरो र क्रोएसियाका लुका मोड्रिचको गोललाई पछि पार्दै पाभार्डको गोल विश्वकपकै उत्कृष्ट गोल घोषित भएको छ। अनलाइन भोटिङको आधारमा फ्रान्सका पाभार्डको गोल उत्कृष्ट ठहरिएको हो।

रुसमा सम्पन्न विश्वकपको ६४ खेलमा कुल १६९ गोल भएको थियो। फिफाले उत्कृष्ट गोलको लागि १२ गोललाई अनलाइन भोटिङको लागि राखेको थियो।

जसमा अर्जेन्टिनाविरुद्ध पाभर्डले गरेको गोलले बाजी मार्न सफल भयो।  डिबक्सबाहिरबाट पार्भटले गरेको  लामो प्रहार आकर्षक गोलमा परिणत भएको थियो।

उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराएको थियो। रुस विश्वकपमा आफ्नो उत्कृष्ट गोल चुनिएपछि पाभार्डले स्ट्राइकरको सल्लाहअनुसार प्रहार गर्दा  गोल भएको बताए।

विश्वकप विजेता २२ वर्षे पाभार्डले फिफासँग भनेका छन्, बल उर्फंदै मतर्फ आयो। मैले योबारे खासै केही सोचिनँ, तर जुन दिशाबाट बल आइरहेको मैले त्यहि दिशामा हिर्काउन ट्राई गरेँ। जुन मलाई सधैँ स्ट्राइकरले भन्ने गर्थे।

त्यसपछि मैले केही सोच्न सकिनँ। जब बलले दिशा लियो मलाई खुसी लाग्यो। पाभार्ड सन् २००६ पछि विश्वकपमा उत्कृष्ट गोल गर्ने पहिलो युरोपियन खेलाडीसमेत बन्न सफल भए। प्रतियोगितामा क्विनटेरोको गोल दोस्रो र मोड्रिचको गोल तेस्रो बनेको छ।

क्विनटेरोले जापानविरुद्ध फ्रिकिकमा गोल गरेका थिए । यस्तै मोड्रिचले अर्जेन्टिनाविरुद्ध लामो दूरीबाट उत्कृष्ट गोल गरेका थिए।

रुस विश्वकपको उत्कृष्ट गोलको सूचीमा स्पेनका नाचो, जर्मनीका टोनी क्रुस, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका एन्जल डी मारिया लगायतका खेलाडी गोल मनोनयनमा परेको थियो।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *