Sajhamanch Archive

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रगिरी घर भएका उत्तम कार्कीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

शुक्रबार हेटौँडाबाट काठमाण्डौं आउँदै गरेका वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई उत्तम कार्कीले गाडीबाट झर्न लगाएर उनको झोला र गाडी जाँच गर्दै दुर्व्यवहार गरेका थिए । त्यसको चौतर्फी विरोध भइरहेको छ ।

पक्राउ परेका कार्कीलार्य अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *