Sajhamanch Archive

३० चिकित्सक प्रहरी नियन्त्रणमा : पुलिस क्लबभित्रै धर्ना

Published: in समाज by .

काठमाडौं । प्रहरीले करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ । महाराजगञ्ज शिक्षण अस्पताल अगाडिको सडकबाट प्रहरीले चिकित्सकहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरु शिक्षण अस्पताल अगाडिबाट बालुवाटारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर सामान्य झडप भएको थियो ।

१० साउन, काठमाडौं । प्रहरीले करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ । महाराजगञ्ज शिक्षण अस्पताल अगाडिको सडकबाट प्रहरीले चिकित्सकहरुलाई नियन्त्रणमा लिएको हो ।

त्यसपछि प्रहरीले करिब ३० जना चिकित्सकहरुलाई नियन्त्रणमा लिएर भ्यानमा राखेको कोचेको थियो । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ । पक्राउ परेकाहरु पुलिस क्लबभित्रै धर्नामा बसेका छन् ।

आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनरत छन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *