Sajhamanch Archive

विराटनगरका २ र धनकुटाका १ जनामा काेराेना सङ्क्रमण पुष्टि

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

मोरङ । विराटनगर र धनकुटामा गरी थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोशी अस्पताल विराटनगरमा आइतबार गरिएको पीसीआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुई जना र धनकुटाका एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ९५ भएको छ । ३६ जना उपचारपछि निको भएका छन् भने दुई जनाको ज्यान गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *