Sajhamanch Archive

भारतबाट ५५ जना भित्रिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

अर्घाखाँची । छिमेकी देश भारतबाट अर्घाखाँचीमा एकै दिन ५५ जना भित्रिएका छन् ।

पछिल्लो समयमा कोरोनाको तीव्र जोखिममा परेको भारतबाट एकैदिन आइतबार ५५ जना गृह जिल्ला भित्रिएका हुन् ।

कृष्णनगर नाका हुँदै भित्रिएका मध्ये ३७ जना शितगंगा नगरपालिकाका रहेको नगरपाकिलाका स्वास्थ्य शाखा प्रमुख कृष्ण पौडेलले बताए । ९ जना भुमिकास्थान नगरपालिका, एकजना मालारानी गाउँपालिका । आठजना छिमेकी प्यूठान जिल्लाका रहेका छन् ।

भारतबाट आएका सबैलाई स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा राखिएको छ । जिल्ला भित्रिएका अर्घाखाँचीका नागरिकलाई स्थानीय तहले क्वारेन्टाइनमा राखेका छन् भने प्यूठानका मानिसलाई गृहजिल्ला पठाइएको भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेल्बासेले बताए ।

शितगंगा नगरपालिकाका सबै पैदल आएका हुन्। कृष्णनगर सिमानामा अलपत्र परेका भुमिकास्थान नगरपालिका, मालारनी गाउँपालिका र प्युठानका उनीहरुलाई दुईवटा एम्बुलेन्समार्फत अर्घाखाँची ल्याइएको हो ।

अन्‍नपूर्ण पोष्ट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *