Sajhamanch Archive

भद्रपुरका तीन औषधी पसल कार्वाहीमा

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । बन्दाबन्दीको मौका छोपी औषधी पसलका नाममा कालोबजारी गर्ने तथा नियम विपरित बिक्री वितरण गर्ने ३ वटा पसल कारवाहीमा परेका छन् ।

जिल्ला वजार अनुगमन समितिको नेतृत्वमा औषधी व्यवस्था विभागले गरेको अनुगमनका क्रममा नियम मिच्ने औषधी पसललाई कारवाहीको दयरामा ल्याइएको हो ।

ती औषधी पसलमा मास्क, पंजा तथा सेनिटाइजर बढी मुल्यमा बिक्री गरेको जन गुनासो बढेपछि चन्द्रगढी तथा भद्रपुरका औषधी पसलको अनुगमन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय झापाको अगुवाईमा औषधी व्यवस्था विभाग बिराटनगर, घरेलु तथा साना उद्योग कार्यालय, भद्रपुर नगरपालिका, झापा उद्योग वाणिज्य सघंको सम्युक्त टोलीले औषधी पसलको अनुगमन गरेको थियो । चन्द्रगढी तथा भद्रपुरका १२ वटा औषधी पसलको अनुगमन गर्ने क्रममा दुर्गा मेडिकल हल भद्रपुर, कृपा फार्मेसी चन्द्रगढी र सगंम औषधालय चन्द्रगढीले नियम विपरित विभागमा दर्ता नभएका औषधी र खाद्य पूरक औषधी बेच्ने गरेको पाइएको थियो । अनुगमनका क्रममा बरामद गरिएका औषधी तथा खाद्य पूरक औषधी नियन्त्रणमा लिएर सञ्चालकहरूलाई बन्दाबन्दीको समयपछि औषधी व्यवस्था विभाग विराटनगर कार्यालयमा उपस्थित हुन निर्देशन दिएको बिभागका निमित्त प्रमुख संजिब शर्मा कट्टेलले जानकारी दिए ।

औषधी पसल अनुगमनको क्रममा बिल नदिने गरेको, कस्मेटिक सामान बिक्री गर्ने गरेको, नविकरण नगरी सञ्चालन भइरहेका पसललाई सचेत पत्र दिइएको छ भने फेरि पनि नियम विपरितका यस्ता कार्य भेटिए जरिवाना गरिने बजार अनुगमनका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *