Sajhamanch Archive

क्वारेन्टाइनमा कोरोनाबाट मृत्युबारे सरकारलाई कांग्रेसका सात प्रश्न

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले क्वारेन्टाइनमै युवाको मृत्युले गम्भीर प्रश्न उब्जाएको बताएको छ।

बाँकेको क्वारेन्टाइनमा रहेका एक युवाको मृत्युलाई सामान्य तवरले बुझ्न नहुने कांग्रेसको भनाइ छ।

‘ती युवकको मृत्युलाई केवल एक थान मृत्युका रूपमा बुझियो र त्यसका पछिल्तिर रहेका गम्भीर प्रश्नहरूलाई नजरअन्दाज गरियो भने कोरोनासँगको संघर्षका हाम्रा आगामी दिन झनै विकट हुनेछन्,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति निकालेर भनेका छन्।

ती युवकको मृत्युसँग सम्बन्धित प्रश्नको गहिरो समीक्षा गरेर सरकार आत्मालोचित हुनुपर्ने पनि शर्माले बताएका छन् । नागरिकको अमूल्य जीवनप्रति खेलबाड नगर्न कांग्रेसले सरकारलाई चेतावनीसमेत दिएको छ।

सरकारलाई यस्ता छन् कांग्रेसका सात प्रश्न :

१. ती युवकले अघिल्लो दिनदेखि नै पटकपटक वान्ता गरेको, सास फेर्न कठिनाइ भएको, ज्वरो आएको विवरण थाहा हुँदाहुँदै क्वारेन्टाइनमा नियमित निगरानी राख्नुपर्ने राज्यले तिनलाई अघिल्लो दिननै अस्पताल पुर्‍याउनुपर्ने सामान्य दायित्व पनि किन निर्वाह गरेन ?

२. क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राति एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन ?

३. एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोविज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामग्री र जरूरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरूलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएन ? देशभरनै यो समस्या किन निरन्तर देखिएको छ ?

४. आइतबार बिहान ७ बज्नुअघि उनको मृत्यु भएपछि उनको शव क्वारेन्टाइन बनाइएको विद्यालयको चौरमा अलपत्र स्थितिमा किन दिनभर राखियोरु अमानवीय ढंगले ती युवाको शव दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित व्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन्रु

५. शव उठाउन परीक्षण रिपोर्टको प्रतीक्षा गरिएको हो भने, सम्भव भएसम्म चाँडो रिपोर्ट तयार गर्न उचित समन्वय किन गरिएनरु विशेष परिस्थितिमा चिकित्सक र प्रयोगशालाबीच समन्वय गरेर एउटा मात्रै नमूनालाई प्राथमिकता साथ परिक्षण गर्दा म्यानुएल आरएनए निकाल्न करिब एक घण्टा, पिसिआर उपकरणमा परिक्षण गर्न दुई घण्टा लाग्ने प्राविधिक स्थिति ज्ञात हुँदाहुँदै अघिल्लो दिन संकलन गरिएको उनको स्वाबको परिक्षण त्यही ढंगले समयमै गर्नेरगराउने व्यवस्थापकीय समन्वय र तदारूकता किन प्रस्तुत भएन ?

६. नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दा सम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थितिदेखि परिक्षण ढिलाइसम्म र स्वास्थ्य सामग्री अभावदेखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजनसम्ममा प्रायस् धेरै ठाउँमा गम्भीर लापरबाही रहेको विचित्रताले आगामी दिनको कस्तो चित्रको संकेत गर्दैछ ?

७. श्रीमती तथा अवोध छोरीछोराले परबाट शव हेर्दै दिनभर रोएको कारूणिक चित्रले राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरूलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्ने गरी केही चेत आएको छ कि बाँकेको घटनालाई केवल एक दुःखद कथाका रूपमा विस्मृतिमा धकेल्ने ?

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *