Sajhamanch Archive

डा.केसी र सरकारी पक्षबीच सिंहदरबारमा वार्ता जारी: टुंगाेमा पुग्ने सम्भावना

Published: in विविधा by .

काठमाडौं  । २७ दिनदेखि अनसनरत डा.गोविन्द केसी र सरकारबीच अहिले  सिंहदरबारमा वार्ता भइरहेको छ ।

डा. केसीका माग सम्बोधन हुने गरी सिंहदरबारमा वार्ता भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ ।

डा.केसीको मुख्य माग चिकित्सा शिक्षा विधेयकलाई संशोधन गरेर मात्रै संसदबाट पारित गर्ने विषयमा दुवै पक्ष सहमति नजिक पुगेको स्रोतले जनाएको छ ।

यसअघि बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा डाक्टर केसी पक्ष र सरकारी वार्ता टोलीबीच चिकित्सा शिक्षा विधेयकका केही बुँदा संशोधन गर्ने सहमति भएको थियो ।

अहिले चलिरहेको वार्तामा सहमति भएर हस्ताक्षरको सम्भावना रहेको  पनि दुवै पक्षले जनाएका छन् ।

बुधबार बेलुकी डाक्टर केसी र सरकारको वार्ता असफल भएपछि बालुवाटारमै प्रधानमन्त्रीसँग मध्यरातमा फेरि वार्ता भएको थियो ।

 उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *