Sajhamanch Archive

जहाँ क्‍वारेन्टाइनमा योगा सिकाइन्छ

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

जुम्ला । जुम्ला जिल्लाको एकीकृत क्‍वारेन्टाइनमा योग अभ्यास भइरहेको छ। कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण भएको जिल्लास्तरीय एकीकृत क्‍वारेन्टाइनमा भारतबाट आएका २९ जना छन्। जहाँ मुगुका १ जना, हुम्लाका एक जना र बाँकी सबै जुम्लाका छन् ।

त्यहाँ बसेका सबैले बिहान ७ देखि ८ बजेसम्म योग अभ्यास थालेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालयको संयोजनमा डा.प्रतिभा शर्मा (आयुर्वेदिक डाक्टर) सहितको टिमले योगअभ्यास गराइरहेका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे बताइन।

क्‍वारेन्टाइनमा रहेकाकाको स्वास्थ्य अवस्था बलियो बनाउन योग अभ्यास सुरु गरिएको उनले बताइन् । ‘स्वास्थ्यका लागि योगा’ भन्ने, नाराका साथ क्‍वारेन्टाइनमा बसेकाहरुलाई योगबारे जनचेतना जगाउन योग अभ्यास थालिएको हो,’ बञ्जाडेले बताइन् ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *