Sajhamanch Archive

लोक सेवाले पहिलो चरणको परीक्षा भइसकेको पदपूर्ति नरोक्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । लोक सेवा आयोगले एक चरणको परीक्षा सञ्‍चालन भइसकेका पद बाँकी परीक्षा नरोक्ने भएको छ।

लोक सेवा आयोगको आज बसेको बैठकले गरेका निर्णयअनुसार एक चरणका परीक्षा भइसकेका परिक्षा सहज वातावरण भएपछि सञ्चालन गर्ने निर्णय गरेको छ। शाखा अधिकृत र नायब सुब्बा पदका बाँकी परीक्षा लकडाउन सकिएर अवस्था सामान्य भएपछि हुने भएका छन्।

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सम्पूर्ण परीक्षा लोकसेवाले अनिश्चितकालसम्मका लागि स्थगित गरेको थियो। गत वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले हाललाई पदपूर्तिका सबै कार्यक्रम रोक्न लोक सेवा आयोगलाई आग्रह गरेको थियो।‘निजामती सेवाको हकमा लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापनको हकमा नयाँ कार्यतालिक निर्धारण गरी पछि प्रकाशन गरिने लोक सेवाले जनाएको छ।

कुनै चरणको परीक्षा कार्यक्रम (प्रथम चरण) परीक्षा लिखित परीक्षा प्रयोगात्मक परीक्षा आदि पूर्ण वा आंशिक रुपमा सञ्चालन भएका विज्ञापनका हकमा स्थिति सामान्य भएपश्चात बाँकी सम्पूर्ण परीक्षाहरुको नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिनेछ,’ आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

लोकसेवाले परीक्षाको चरणमा नपुगेका सबै तहका कर्मचारी छनौट प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। सरकारको निर्णयअनुसार परीक्षाको तहमा नपुगेका कर्मचारी छनौट प्रक्रियाहरुलाई स्थगित गर्ने निर्णय गरेको छ। अहिलेसम्म दरखास्त आहृवान भएका सूचनाहरु पनि स्थगित भएका छन्। दरखास्त संकलन भैसकेका तर कुनैपनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनका हकमा सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि परीक्षा कार्यक्रम स्थगन गरिएको छ, विज्ञप्तिमा भनिएको छ।

२०७६फागुन २८ मा प्रकाशित राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदका लागिभएका विभिन्न विज्ञापनहरुमा दरखास्त लिने कार्य २०७७ जेठ ९ गते शुक्रवार देखि बन्द गर्ने निर्णय भएकोछ। दरखास्त बुझाई सकेका तर दरखास्त दस्तुर वुझाउन वाँकी उम्मेदवारहरुका लागि स्थिति सामान्य भएपश्चात निश्चित अवधि तोकी दस्तुर वुझाउने प्रवन्ध गरिने छ। नेपाल सरकारवाट अर्को निर्णय भईनआएसम्मका लागि उक्त विज्ञापनहरुको परीक्षा कायक्रम स्थगन गरिएको छ।आयोगको स्वीकृत वार्षिक कार्यतालिका वमोजिम विज्ञापन हुन वाँकी रहेका पदहरुको विज्ञापन प्रकाशनको कार्य हाललाई स्थगन गरिएको विज्ञप्तिमा जनाइएको छ। न्याय सेवा आयोगको क्षेत्राधिकार भएका न्याय सेवाका पदका विज्ञापनको हकमा स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिन बताइएको छ।

लोकसेवाले परीक्षाको कुनै चरणमा प्रवेश गरेका सुरक्षा निकाय अनि संगठित संस्थाको परीक्षा नरोक्ने भएको छ। तर, त्यस्ता परीक्षा स्थिति सामान्य भएपछि नयाँ सूचनाबाट मात्रै सञ्चालन हुनेछन्। अरु सार्वजनिक निकाय वा संस्थाबाट विज्ञापन भएका तर आयोगबाट परीक्षा निर्धारण हुन बाँकी विज्ञापन पनि सरकारले अर्को निर्णय नगरेसम्म स्थगित हुने भएको छ।

कुनैपनि चरणको परीक्षा कार्यक्रम (शारिरीक तन्दुरुस्ती परीक्षण, आई.क्यू. परीक्षा, प्रथम चरण परीक्षा, लिखित परीक्षा वा अन्य यस्तै प्रकारका परीक्षाहरु) भई सकेका वा परीक्षा प्रकृयामा प्रवेश गरि सकेका निकायरसंस्थाका लिखित परीक्षा सञ्चालन हुन बाँकीको हकमा स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गरि सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ। त्यस्तै सम्बन्धित निकायरसंस्थावाट विज्ञापन प्रकाशन गरिसकेको तर आयोगबाट परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका निकायरसंस्थाका विज्ञापनको परीक्षा कार्यक्रम नेपाल सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि स्थगन गरिएको छ।

अन्नपूर्ण पोष्ट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *