Sajhamanch Archive

सांसद सरावगीले गरे सीमा क्षेत्रको अनुगमन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । प्रदेश सांसद ओमप्रकाश सरावगीको नेतृत्वमा झापा क्षेत्र नम्बर ३ अन्र्तगत भद्रपुर नगर दक्षिण कचनकवल गाउँ पालिकाभित्र जोडिएको नेपाल भारत सीमा क्षेत्रको वर्तमान अवस्था बारे अवलोकन गरिएको छ ।

कोरोना रोकथामका लागि सीमा क्षेत्रमा राखिएका अस्थायी प्रहरी पोष्टको अवस्था, सुरक्षाकर्मी तथा स्थानीयको समस्या बारे जानकारी लिने उद्देश्यले संसद सरावगीले पूर्वी दक्षिणी झापाको नेपाल भारत सिमाना क्षेत्रको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा सुरक्षाकर्मी स्थानीय बासिन्दा लगायत सरोकारवालासित दुई पक्षीय संवाद समेत गरेका संसद सरावगीलाई स्थानीयले भारतीय पक्षबाट असुरक्षा बढेको, चोरीको क्रम बढेको, चौपाया अन्न बाली सुरक्षा चुनौती थपिएको गुनासो गरेका थिए भने अस्थायी सुरक्षा पोष्टमा न्युनतम सुरक्षा सामग्री नरहेका कारण सुरक्षाकर्मीको दैनिकी संकट पूर्ण रहेको देखिएको संसद सरावगीले जानकारी दिए । उनका अनुसार सुरक्षा कर्मीका लागि प्लाष्टिकको टहरा होइन न्युनतम हावापानी रोक्न सक्ने जस्तापाताको व्यवस्था गरिनु पर्ने, जुत्ता, लाइट, सुरक्षित पञ्जा, शुद्ध पिउनेपानी लगायत व्यवस्था गरिनु पर्ने अवस्था रहेको छ ।

अनुगमनमा नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेल, महासमिति सदस्य भूमिप्रसाद राजवंशी, जिल्ला सदस्य विजय रिजाल, कालेन्द्रप्रसाद राजवंशी सहभागिरहेका थिए । सो टोलीले भारतीय पक्षबाट आक्रमण गरिएको कचनकवल १ घेरावारी स्थित १२५ र १० नम्बरको सीमा पिलर नजिकै खटिएका सशस्त्र प्रहरीको अस्थायी पोष्टको स्थलगत अनुगमन समेत गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *