Sajhamanch Archive

देशभरमा २७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुग्यो

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशका विभिन्न जिल्लामा गरी २७ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी दिइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

उनीहरु २७ देखि ४२ वर्षका रहेको डा। देवकोटाले जानकारी दिएका छन् । तीमध्ये २४ जना पुरुष र तीन जना महिला छन् । नेपालमा हालसम्म कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ ।

३७ जना उपचारपछि निको भएका छन् । डा। देवकोटाले झापाका एक जना संक्रमित आज डिस्चार्ज भएको जानकारी दिए । उनी विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *