Sajhamanch Archive

मेचीनगरका सहकारी संस्था दैनिक दुई घण्टा खुल्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी, by .

मेचीनगर । मेचीनगर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरु अब दैनिक दैनिक दुई घण्टा सञ्चालनमा आउने भएका छन् ।

आर्थिक विकास शाखा प्रमुुख दीपेन्द्र कार्कील आज सूचना जारी गरी विहान १० देखि मध्यान्ह १२ बजेसम्ममात्र मेचीनगर क्षेत्रभित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुलाई सञ्चालन गर्न आग्रह गरेका छन् ।

कोरोना भाइरस (कोभिड -१९ ) को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको अवधिमा सामाजिक दुरी र सावधानी अप्नाएर सेवा प्रदान गर्न सूचनामा भनिएको छ । नगरपालिकामा हस्तानतरण नभएका तथा अन्य स्थानमा समेत कार्यक्षेत्र रहेका र विभिन्न वडामा सम्पर्क कार्यालय रहेका सहकारीहरुको हकमा जोेर विजोर प्रणालीले सेवा सञ्चालन गर्न सूचनामा उल्लेख गरिएको छ ।

प्र्रकृति सुपारी सहकारी संस्था लि मेचीनगर १, नवमुना कृषि सहकारी संस्था लि मेचीनगर १, कृष्णथुम्की कृषि सहकारी संस्था मेचीनगर १,सहकारी चिया बगैचा लि मेचीनगर २, दिङमालिङ बचत तथा ऋण सहकारी संस्था लि मेचीनगर २, सिमाना कृषि सहकारी संस्था मेचीनगर २, बौद्घमोेड कृषि सहकारी संस्था मेचीनगर २, भृकुटी बचत तथा ऋण सहकारी संस्था लि मेचीनगर २, नयाँ तेलपानी महिला सुपारी सहकारी संस्था लि मेचीनगर ३ र पारखी चिया उत्पादन तथा प्रशोधन सहकारी संस्था लि मेचीनगर ४ हरेक महिनाको जोर गतेमा मात्र सञ्चालनमा आउने छन् ।

कृष्णनगर बचत तथा ऋण सहकारी संस्था लि मेचीनगर १,संकल्प कृषि सहकारी संस्था लि मेचीनगर १, लक्ष्मी संकल्प कृषि सहकारी संस्था लि मेचीनगर १, साना किसान सहकारी संस्था लि मेचीनगर २, उज्यालो वस्ती व्यवसायिक बचत तथा सहकारी संस्था लि मेचीनगर २, प्रेरणा कृषि सहकारी संस्था लि मेचीनगर २,बाहुनडाँगी सुपारी सहकारी संस्था लि मेचीनगर २, नौलो सुपारी उत्पादन तथा प्रशोधन सहकारी संस्था लि मेचीनगर ३, शुभ चिया किसान सहकारी संस्था लि मेचीनगर ४ र हात्ती किनारा चिया सहकारी संस्था मेचीनगर २ ले हरेक महिनाको विजोर गते आफ्नो सेवा प्रदान गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *