Sajhamanch Archive

नक्कली मदिरा बेच्ने सञ्चालक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

मोरङ । मोरङमा नक्कली मदिरासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आज दिउँसो विराटनगर महानगरपालिका वडा नं.६ बस्ने श्रवण मुखियालाई प्रहरीले पक्राउ गरेको हो।

उनको न्यूडिएन ट्रेडर्सको पसलभित्र विभिन्न ब्राण्डको बोत्तलमा नक्कली लेवल टाँस गरी मदिरा बनाउने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान थालेको थियो।

प्रहरीले मुखियालाई विभिन्न ब्रान्डका ५३० बोतल नक्कली मदिरासहित पक्राउ गरेको हो।

मुखियाको पसलबाट प्रहरीले १५ बोत्तल पास–पास मदिरा, २१० बोत्तल सिग्नेचर, २२ बोत्तल गोल्डेन ओक, १२ बोत्तल गोल्डेन ग्लोब, १७ बोत्तल नेटवोर्ट, ३९ बोत्तल पुर्वाञ्चल स्पेसल, २६ बोत्तल रोयल ट्रेजर ह्विस्की, ८९ बोत्तल फाईटर, २६ बोत्तल रूस्लान भोड्का, ७२ बोत्तल ड्रागन बियर र दुई बोत्तल हिन्वा वाइन बरामद गरको हो।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *