Sajhamanch Archive

हुम्ला, कालीकोट र मुगुका १७ सय बढीको स्वाब सङ्कलन

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

जुम्ला । कर्णाली प्रदेशको हुम्ला, मुगु र कालीकोटको एक हजार सात सय ५३ जनाको स्वाब सङ्कलन गरेर हेलिकप्टरमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ल्याइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल टोलीले हवाई मार्गमार्फत पीसीआर परीक्षणका लागि सङ्कलन गरेर जुम्ला ल्याएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

उनका अनुसार हुम्लाका पाँच ठाउँबाट ६ सय जना, कालिकोटको नौ ठाउँबाट ६ सय ५३, मुगुबाट पाँच सय गरी एक हजार सात सय ५३ जनाको स्वाब हेलिकप्टरमार्फत जुम्ला ल्याइएको हो ।

जुम्ला ल्याइएको स्वाब दर्ता गरेर परीक्षण गरिने प्रयोगशाला प्रमुख विवेक पुन मगरले जानकारी दिए । यसअघि जुम्लाको आठ सय ४७ जनाको एकैदिन स्वाब सङ्कलन गरेर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ ।

गएको वैशाख २८ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल जुम्ला पुगेर निर्देशन दिएपछि यसैगरी स्वाब सङ्कलन गर्न चिकित्सकको टोली खटाइएको थियो ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसअघि जिल्ला बाहिरबाट आएका व्यक्ति, स्वास्थ्यकर्मी र पत्रकारहरु गरी एक हजार तीन सय १२ जनाको जुम्लामै पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । त्यस्तै तीन सय २४ जनाको स्वाब हेलिकप्टरमार्फत काठमाण्डौ पठाएर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *