Sajhamanch Archive

गीत गाउन सिक्नका लागी आयो नेपाली ‘क्यारीओकी’

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी by .

नेपाली टेलिभिजनहरूमा गायन रियालिटी शोको संख्या बढ्दैजाँदा देश विदेश जताततै बस्ने नेपालीहरूमा यस्ता कार्यक्रममा सहभागिता जनाउने चाहना बढ्दै गएको छ। एकै पटक पाईने नाम र दाम ९नेम फेम०को कारण यस्ता प्रतियोगितामा सहभागी हुनैका लागी गायनको अभ्यास गर्ने र कक्षा लिनेहरुको सँख्या बढिरहेको छ। साथै स्थापित गीतहरूबाट शैली सिक्नेहरू पनि बढिरहेका छन् जसलाई प्रविधिले पनि साथ दिन थालेको छ। आफ्नो गायनमा निखार ल्याउन र विदेशमा बसेर पनि नेपाली रियालिटी शोका लागी प्रयास गर्नका लागी ‘क्यारीओकी’ सारथी बन्न थालेको छ।

हुन पनि, गायन, कला र प्रस्तुतीको सबैभन्दा अनुपम श्रृजना हो। मनोहारी स्वर र संगीतको उपर्युक्त संयोजनले कला र भावनाको प्रस्फुटन मात्र गर्दैन मानिसलाई आत्मिक आनन्दको अनुभूति पनि गराउँछ। त्यसैले त संसारमा गीतसंगीतलाई आत्मिक प्रस्फुटनको माध्यम मानिएको छ। प्रविधिको विकासले मानिसको यही प्रस्फुटन र आनन्दको माध्यमलाई सहज र सरल मात्र बनाएको छैन सबैको पहुँचमा पनि पुरयाएको छ। त्यसको एउटा राम्रो उदाहरण हो ‘क्यारिओकी’, जसको माध्यमबाट गीतसंगीतको आनन्द साथै आफूमा भएको रूचीलाई क्षमता र कलामा बदल्न सकिन्छ।

के हो क्यारीओकी ?

क्यारीओकी अन्तर्क्रियात्मक मनोरंजनको साधन हो, जसको प्रयोग गरेर तपाईं आफ्नो गायकीमा निखार थप्न सक्नुहुन्छ। प्रचलित गीतका धुनहरूमा कसरी गाउने भनेर सिक्ने माध्यम हो यो। मनोरंजन त छँदैछ, यसमा उपलब्ध हुने गीतहरूको धुन ९ट्र्याक० साथै गीतका शब्दहरू टिभी वा पर्दामा गाउने तरिका सहित देखिँदा त्यसले गायनको शैलीमा सुधार ल्याउँछ। यसरी हेर्दा यो मनोरंजक तरिकाले गीत,संगीतको कला विकास गर्ने माध्यम पनि हो।

यस्ता छन्, क्यारीओकीका फाईदा

गीत संगीत भनेको मनोरंजन र आत्मप्रस्फुटनको माध्यम मात्र नभएर यो मानिसको स्वास्थ्योपचारको एउटा अभिन्न अंग समेत भईसकेको छ। ‘संगीत थेरापी’ को विश्वव्यापी प्रचलनले देखाईसकेको छ। त्यसो त मानिसलाई चुस्त, स्फुर्त राख्नको लागी संगीतको भूमिकाको बारेमा धेरै अनुसन्धान भईसकेका छन्। ‘क्यारीओकी’ले मानिसमा पार्ने प्रभाव र यसका फाईदा बारेमा नै पनि हजारौं अध्ययन अनुसन्धान भईसकेको छ। यसले संगीत मात्र नभएर भाषा र अध्ययन सीपको विकासमा पनि मदत गर्ने साबित भईसकेको छ।

‘क्यारीओकी एण्ड म्यूजिक लर्निङ’ शीर्षकमा फ्लोरिडा ईन्टरनेसनल यूनिभर्सिटीका माईकल जे वाग्नेरले गरेको अनुसन्धानले ‘क्यारीओकी’ गीतसंगीत विधाको सिकाइमा किशोर तथा युवाहरूको लागी अति नै उपयोगी बनेको देखाएको छ। मतलब, युवा तथा किशोरहरूलाई गीतसंगीत प्रति लगाब बढाउन र सिकाउनको लागी क्यारिओकी राम्रो माध्यम हो।

गीतसंगीतमा लाग्न चाहनेको लागी सहयोगी माध्यम मात्र नभएर ‘क्यारीओकी’ विद्यालय उमेरका बालबालिका, किशोरकिशोरीलाई आत्मविश्वास साथै पढ्ने क्षमता बढाउनमा पनि सहयोगी हुन्छ। ‘ओल्ड डोमिनिकन यूनिभर्सिटी’मा आभा गुप्ताले गरेको अध्ययनले ‘क्यारिओकी’ले बालबालिकाहरूको पढ्ने क्षमता ९रिडिङ०मा गुणात्मक वृध्दी गरेको देखाएको छ। विशेष गरेर अरूको अगाडी पढ्न र बोल्न धक मान्नेहरू’लाई फरर बोल्न सक्ने बानीको विकास गर्नमा ‘क्यारीओकी’ सहयोगी बनेको छ।

त्यसो त भाषा सिक्नमा पनि सहयोगी साबित भएको छ ‘क्यारिओकी’। ुकन्फरेन्स प्रोसिडिङ्स, आइसीटी फर ल्यांग्वेज लर्निङु पुस्तकमा जम्पीयरो डी क्रिस्टोफरो ु ल्यांग्वेज लर्निंग थ्रू संगस्, क्यारीओकी एण्ड ईन्टरनेटु लेखमा ‘क्यारिओकी’ मानिसहरूलाई विदेशी भाषा सिक्न र छिटो संचार वा कुराकानी गर्न सक्ने क्षमताको विकास गर्नमा सहयोगी हुने बताउँछन्।

नेपाली भाषामा पनि उपलब्ध

मनोरंजनका साथ विभिन्न सिप र क्षमताको विकास गर्ने माध्यमका रूपमा विश्वभर ख्याती कमाईरहेको साँगीतिक साधन ‘क्यारीओकी’ नेपालीमा समेत उपलब्ध हुन थालेको छ। नेपाली गीतहरूको ‘क्यारिओकी’ ‘सिंग मास्टर्स’ कम्पनीले बजारमा उपलब्ध गराएको छ। अंग्रेजी गीतहरूको साथै ‘सिंग मास्टर्स’ले नेपाली तथा हिन्दी गीतहरूको ुक्यारीओकी सेटु बजारमा ल्याएको छ। यस्तो सेटमा दुईवटा ुमाईक्रोफोन्ु र १६ जीबीको एसडी मेमोरीकार्ड आउँछ जसमा चारसय १० भन्दा धेरै नेपाली गीत र चारहजार भन्दा धेरै हिन्दी गीत रहेका छन्। साथै यसमा १३ हजार भन्दा धेरै अंग्रेजी क्यारीओकी गीत रहेका छन्। नेपाली क्यारिओकी सिंगमास्टर्सडटकम

यो विश्वकै पहिलो नेपाली तथा हिन्दी ‘क्यारीओकी सिस्टम’ हो। यसका निर्माता तथा वितरक सिंग मास्टर्सले यो भन्दा पहिले र अहिलेसम्म नेपाली र हिन्दी गीतको लागी यो भन्दा अर्को ‘क्यारीओकी’ दाबी गरेको छ। यतिखेर ुसेलुमा रहेको यो सिंग मास्टर्सको क्यारीओकी आकारमा सानो र हलुका छ। यसको आकारको कारण यात्रामा निस्कँदा प्रयोग गर्न तथा कसैलाई उपहारको रूपमा समेत दिन समेत सजिलो छ।

कसरी काम गर्छ ?

‘सिंग मास्टर्स’को यो ‘डिजीटल क्यारीओकी सिस्टम’ले ‘एसडीकार्ड’मा रहेका गीतहरू तपाईंको छनौट अनुसार बजाउँछ। नेपाली ुक्यारीओकीु सेट किन्दा तपाईंले ‘रिमोट कन्ट्रोल’, ‘वायरलेस माईक’ र १६ ‘जीबी’को ‘एसडीकार्ड’ पाउनुहुन्छ। यो नेपाली ुक्यारीओकीु प्रयोग गरेर तपाईंले गीतहरू बजाउन, आफ्नो गायनलाई रेकर्ड गर्न साथै ुईकोु संयोजन गर्न सक्नुहुन्छ। साथै यसमा तपाईंले आफ्नो रोजाई अनुसारका ुक्यारीओकीुहरू थप्न पनि सक्नुहुन्छ, यो ‘क्यारीओकी सिस्टम’ले करिब सबै प्रकारका गीतका डिजिटल फाईलहरू बजाउन सक्छ। यसको मतलब तपाईंले ‘ईन्टरनेट’बाट कुनै पनि गीत र ‘क्यारीओकी डाउनलोड’ गरेर आफ्नो ‘क्यारीओकी’मा सुरक्षित गरी गाउन सक्नुहुन्छ। यो क्यारीओकीमा ुएचडीएमआईु समेत रहेकोले तपाईंले यसलाई टेलिभिजन तथा अन्य भिडियो प्रदर्शनका माध्यममा जोडेर पनि प्रयोग गर्न सक्नुहुन्छ। युट्यूबमा उपलब्ध ‘क्यारीओकी’हरूलाई समेत यसमा प्रयोग गर्न सकिने भएकाले यसको प्रयोग र यसमा उपलब्ध हुने गीतको संख्या धेरै हुन्छ।

‘क्यारीओकी’ प्रयोग र सिकाई दुवैको कारण, सबै उमेर समुहका लागी उत्तिकै सहयोगी र लाभदायक देखिन्छ। गाउँदै, रमाउँदै नयाँ सिप र शैली सिक्न सकिने भएकाले यो फगत एउटा उपकरण (ग्याजेट) मात्र नभएर फुर्सत कटाउने, बालबालिकालाई सिकाउने रचनात्मक शैली पनि हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *