Sajhamanch Archive

झापाका २५ जना पत्रकारको कोरोना परीक्षणका लागि स्बाव संकलन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड । झापाका पत्रकारलाई पनि कोरोना परीक्षण गर्न सुरु गरिएको छ । अग्रभागमा रहेर काम गर्ने प्रकारहरुमा कोरोना संक्रमण जोखिम रहेका बेला झापामा पत्रकारलाई कोरोना परीक्षण गर्न सुरु गरिएको हो । बुधवार पत्रकार महासंघको कार्यालयमा पत्रकारहरुको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको हो।

महासंघको पहलमा सामाजिक विकास मन्त्रालयले पत्रकारहरुको स्वाब संकलन गरेको नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यले बताए । पहिलो चरणमा २५ जना पत्रकारको स्वाब संकलन गरिएको छ ।

समाचार रिपोर्टिङका क्रममा पत्रकार अग्रपङ्तिमा रहने भएकाले महासंघ झापाले पहिलो चरणमा २५ जना पत्रकारको स्वाब परीक्षणको व्यवस्था मिलाएको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका स्वास्थ्यकर्मीले प्राविधिक सहयोगमा स्वाब संकलन गरिएको छ ।

यसअघि मोरङमा १७ जना पत्रकारको परीक्षण गरिएको थियो । झापामा फ्रन्ट लाइनमा काम गर्ने अरु धेरै पत्रकारको परीक्षण छुटेकाले एक साताभित्र परीक्षणको व्यवस्था मिलाइने महासङ्घका सचिव आचार्यले बताए ।

स्वाब संकलनस्थलमा आइपुगको प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोनाविरुद्धको अभियानमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै सकेसम्म सुरक्षित रहेर समाचार संकलन गर्नु पर्नेमा जोड दिए । पत्रकारहरुको स्वाबको रिपोर्ट विहीवार अपरान्हसम्म आइपुग्ने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *