Sajhamanch Archive

दुई नक्कली स्वास्थ्यकर्मी पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

डडेलधुरा । डडेलधुरामा दुई नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

भिमदत्तपन्त राजमार्ग अन्तर्गत स्याउलीमा चेकिङ गर्ने क्रममा मोटरसाइकलमा नक्कली कार्ड लगाएर हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले अर्कै व्यक्तिको कार्ड लगाएर हिँडेको पाइएको प्रहरीले जनाएको छ। ‘दुई जना मोटरसाइकलमा आउनुभयो, हामीलाई कार्ड देखाउनुभयो पछि अर्कै व्यक्ति परेपछि पक्राउ गरेका छौं’ डिएसपी दधिराम न्यौपानेले भने।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय डडेलधुरामा राखेको छ। उनीहरूमाथि संक्रमण ऐन २०२० अन्तर्गत कारबाही हुने डिएसपी न्यौपानेले जानकारी दिए।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *