Sajhamanch Archive

बोलेरो जिप सुनकोसी नदीमा खस्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काभ्रे । काभ्रे जिल्लाको भुम्ल गाउँपालिका वडा नं.८ स्थित सापिङको भित्री सडक खण्डअन्तर्गत दोलालघाटबाट सापिङ जाँदै गरेको बोलेरो जिप सुनकोसी नदीमा खसेको छ।

नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन्। आज दिउँसो बा१६च ८८३८ नं.को सिमेन्ट दाना र प्लाई लोड गरेको बोलेरो जिप अचानक पछाडिको दुई वटा टायर सडकबाट तल खसी कोल्टो पर्दा सुनकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज पौडेलले जानकारी दिए।

उनका अनुसार जिपमा सवार भुम्लु गाउँपालिका वडा नं. १ स्थित अशोक गिरी र भोला महत बेपत्ता छन्। सोही वडाकी सानुमाया गिरीको बायाँ हात भाँचिएको छ। उनलाई अहिले उपचारका लागि धुलिखेल हस्पिटलबाट बनेपास्थित शिर मेमोरियल हस्पिटल रिफर गरिएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *