Sajhamanch Archive

काम गर्ने र नगर्नेले कति कति तलब पाउने भन्ने निर्णय छिट्टै गर्छौं : उद्योगमन्त्री भट्ट

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले काम गर्ने र काम गर्न नसक्ने कर्मचारीहरुलाई कति भुक्तानी गर्ने भन्नेबारेमा मन्त्रालयले छिट्टै निर्णय गर्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघको आयोजनामा भएको ‘रिस्टार्टिङ इन्डष्ट्रि एण्ड लेवर’ नामक वेभिनार भर्चुअल बैठकमा मन्त्री भट्टले श्रमिकको चैत र बैशाखको तलबको विषयमा सरकारले निर्णय गरिसकेको भन्दै अबका दिनमा नियमित रुपमा काम गर्ने र काम गर्न नपाएको मजदूरलाई कति भुक्तानी दिने भन्ने सम्बन्धमा निर्णय आउने बताए ।

त्यसका लागि मन्त्रालयले आवश्यक छलफल र अध्ययन गरिरहेको उनको भनाई थियो । मन्त्री भट्टले उद्योगी व्यवसायीहरुको संगठनले लकडाउनको पासमा राजनीति गरेको आरोप लगाएका छन् ।

मन्त्री भट्टले उद्योगी व्यवसायीलाई अत्यावश्यक उद्योग सञ्चालनका महासंघमार्फत् लागि पास दिने व्यवस्था गरे पनि त्यसको सदुपयोग नभएपछि सबै पास रद्द गर्नुपरेको बताएका हुन् ।

उनले संगठनहरुले पासको नाममा सदस्यता बाँड्न थालेको दाबी समेत गरे । उनले संगठनमा सदस्य नभएका व्यक्तिले पास नै नपाउने अवस्था आएपछि सबै पास रद्द गरेर सरकारी संयन्त्रमार्फत् नै पास वितरण गर्ने गरेको बताए । अहिले उद्योगी व्यवाियीलाई आवश्यक पास उद्योग विभाग तथा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले गरिरहेको छ ।

उनले नेपालको सन्दर्भमा लकडाउन आवश्यक हो कि होइन भन्ने विषय बहसको विषय भएको भन्दै अब नेपालको लकडाउन चीन र भारतको जस्तो हुन नहुने भन्दै हाम्रो लागि कस्तो लकडाउन आवश्यक हो र अब कसरी अघि बढ्ने भन्ने विषयमा सरकारले छलफल गरिरहेको बताए ।

मन्त्री भट्टले उद्योगी व्यवसायी समेत राज्यकै एउटा अंग भएको भन्दै उद्योगी व्यवसायीबिना राज्य चल्न नसक्ने र राज्यबिना उद्योगी व्यवसायी समेत चल्न नसक्ने विषयलाई मनन गर्न आग्रह गरे । मन्त्रालय र उद्योगीजस्तै उद्योगी र श्रमिकको सम्बन्ध हुने र सबै एक अर्काबिना चल्न नसक्ने भन्दै त्यसलाईं समेत मनन गरेर अघि बढ्नुपर्ने उनले बताए ।

उनले अहिलेको प्रमुख समस्या भनेको उद्योग कसरी सञ्चालन गर्ने बाह्य बेरोजगारी कसरी समाधान गर्ने, नयाँ रोजगारी सिर्जना गर्ने कार्यक्रम कसरी ल्याउने, अत्यावश्यक उद्योग कसरी सञ्चालन गर्ने भन्ने मुख्य समस्याको विषय रहेको बताए ।

‘मैले यसअघि नै हामी ३ चरणमा उद्योग खोल्छौं भनिसकेको छु । पहिलो चरणमा अत्यावश्यक वस्तुहरुका उद्योग, दोस्रो चरणमा विकास निर्माणसम्बन्धी उद्योग र तेस्रो चरणमा नियार्तमूलक उद्योगहरु सञ्चालन हुँदै जान्छन् । तर त्यसका लागि सबैभन्दा पहिले तपाइँ हामीबाट डर भाग्नुपर्छ । कोरोनाबाट जति पीडित भए पनि अब विश्वले जीवन चाहेको छ,’ उनले भने । मन्त्री भट्टले अँध्यारोपछि उज्यालो हुने आशाजस्तै यो महामारीबाट सहज अवस्थामा पुग्छौं भन्ने आशा अहिलेको अवस्थामा चाहेको समेत बताए ।

अबको अवस्थामा प्रशोधन उद्योगहरुमा जोड दिनुपर्ने भट्टले बताए । ऊनको उदाहरण दिँदै मन्त्री भट्टले २००० रुपैंया प्रतिकिलो ऊन चीनलाई बेचेर १ लाख रुपैंया प्रतिकिलो प्रशोधित उन ल्याउनुभन्दा आफैं प्रशोधन उद्योग खोल्न सके यसले ठूलो रोजगारी सिर्जना गर्नसक्ने बताए ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *