Sajhamanch Archive

हवाइ उडान तथा सीमा नाका जेठ मसान्तसम्म बन्द गरिने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

सरकारले आन्तरिक तथा वाह्य हवाइ उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाइ उडानका अलवा सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

मंगलबार बसेको समितको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिएका छन्।

यसअघि जेठ १८ सम्म उडान तथा सीमा नाका बन्द गर्ने निर्णय भएको थियो।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *