Sajhamanch Archive

लकडाउन उल्लङ्घन गर्ने २ हजार ७ सय गाडी प्रहरी नियन्त्रणमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौ । लकडाउन उल्लङ्घन गर्ने २ हजार ७ सय वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहानै उपत्यकाका विभिन्न ठाउँबाट यी गाडीलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लकडाउन उल्लङ्घन गर्नेमा दुई पाङग्रे गाडी धेरै छन् ।

२६ सय वटा दुई पाङग्रे र एक सय वटा चार पाङग्रे गाडी रहेका ट्राफिक प्रहरीले जनाएको छ । कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले लकडाउनलाई कडा पारेको छ । अति आवश्यक काम नपरी बाहिर ननिस्कन र निस्कने परे आफ्नो आवश्यकता अनुसार पासका लागि स्वीकृति लिन गृह मन्त्रालयले आग्रह गरेको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *